September 23, 2021

नाटाको जम्बो टोली बंगगलादेश र भारतको कोलकोता तिर हिड्यो ।

रोहीत वस्नेत ।
असार २२ नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघमा आवद्ध सदस्यहरु,नेपाल पर्यटन बोर्डका प्रतिनिधी लगायत १८ जनाको जम्बो टोली सम्पूर्ण नेपालसंगै पोखराको पर्यटन प्रवद्र्धनका लागि सप्ताहब्यापी प्रवद्र्धनात्कम कार्यक्रम लिएर बंगलादेश र भारतको कोलकोता तिर हिड्यो ।

पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका अध्यक्ष दिलप्रसाद गौतमले यस भ्रमणपछि बंगलादेश र नेपाल विचको पर्यटन सम्बन्धमा सुधार आउनुका साथै बंगलादेशी पर्यटकहरु बृद्धि हुने अपेक्षा राखिएको बताए । यो भ्रमण बिदा मनाउनका लागि नभई नेपाल चिनाउनका लागि हुन लागेको उनले थपे ।

पर्यटन बोर्ड पोखराका कार्यालय प्रमुख उदय भट्टराईले यो भ्रमण बंगाली भाषालाई लक्षित गरिंदै हुन लागेको बताए । भारतको कोलकाता र बंगलादेश दुबै ठाउँमा बंगालि भाषा बोलिन्छ र उनीहरुको संस्कृती पनि मिल्छ एकै पटकमा नेपाल आउने वातावरण मिलाउनका लागि पनि यि ठाउँ रोजेको हो उनले भने ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले नाट्टाले पोखराको पर्यटन प्रवद्र्धनका लागि यसअघि पनि भारतका विभिन्न शहरहरु लगायत अरु थुपै्र देशहरु तथा नेपालकै विभिन्न ठाउँमा वर्षै पिच्छे विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । उक्तटोली बंगलादेशको राजधानी ढाका, चटगाउँ, कक्सबजार तथा त्यहाँका धार्मिक महत्वपूर्ण स्थानहरु भारतको कोलकोताको भ्रमण गर्नेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*