September 23, 2021

पर्यटकिय क्षेत्र पोखराको लेकसाइड खहरेचोक डुवानमा ।

रोहीत वस्नेत पोखरा १८ असार । धान खेतीको वेला बर्षा हुँदा किसानीहरुमा खुसियाली छाएको छ भने यता रातभरीको अविरल वर्षाका कारण माथि डाँडा बाट पहिरो बग्दा पोखराको लेकसाइड खहरेचोक डुवानमा परी हल्लनचोकबाट पामे साइडतिर जाने सवारी साधनहरु पनि प्रवाहित भएका छन् ।

धेरै वर्षाका कारण बाराही मन्दिर जाने टिकट काउण्टर लगायत डुङ्गाको स्टेशन समेत पुरै डुवानमा परेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ लब्ली हिलमा राती आएको पहिरोमा परि १४ बर्षिय बालकले ज्यान गुमाएको छन् । घरको पछिडीबाट आएको डिस्कोले पुरीएका १४ बर्षिय टंक क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका उनको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।तारापति अधिकारीको ब्लकले बनेको दुई तलेघरमा पछिडिबाट आएको पहिरो पसेपछि घरमा बसेका घर भागा भाग भएको थिए ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*