May 16, 2021

पर्यटनको राजधानी पोखराको लेकसाइड अब २४ सै घण्टा खुल्ला रहने

पोखरा १४ असार । गृहमन्त्रीले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजना अन्तर्गत देशका मुख्य पर्यटकिय क्षेत्र पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग दिनरात खुल्ला हुने भएका हुन् । पर्यटन ब्यवसायीले पछिल्लो केहि बर्षदेखि आवाज उठाउदै आएको पर्यटन क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्ने विषय अब भने सम्बोधन भएको छ

यसका लागि गृह मन्त्रालयले २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् । पर्यटकको आवागमन बढी हुने स्थानमा बजार, पसल होटल २४ घण्टा खुल्ला राख्नको लागि आवस्यक सुरक्षा व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।
पोखराको लेकसाइड , काठमाडौको ठमेल, दरवारमार्ग, जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ सै घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाउने छौं’ उनले भने ।

यसअघि यी क्षेत्र राती १२ बजेपछि बन्द हुने गरेको थियो । तत्कालिन पुनरावेदन अदालतबाट मुद्धा जितेर आवश्यक सबै पूर्वाधार सहित पोखराको लेकसाइड स्थित ओजन डिस्को राती २ बजेसम्म सञ्चालन हुदै आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*