May 15, 2021

नेपाल पर्यटन व्यवसायी संगठन (नेटो) को प्रथम प्रादेशिक भेला सम्पन्न अध्यक्षमा इन्द्र भण्डारी

रोहीत वस्नेत पोखरा ११, नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यावसायी संगठन (नेटा)को प्रथम प्रादेशिक भेला सम्पन्न भएको छ । भेलाले इन्द्र भण्डारीको अध्यक्षतामा ५१ सदस्सिय प्रदेश समिति गठन गरेको हो । समितिका पदाधिकारीहरु कार्यसमितिको वैठकले चयन गर्ने छ ।

 

प्रथम प्रादशिक भेला पालामा बत्तीबाली पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्टले उद्घाटन गरेका थिए प्रमुख अतिथि समेत रहेका विष्टले नेपालको पर्यटनलाई अव व्यावसायको रुपमा मात्र सिमित नगरी अव पर्यटन उधोगको रुपमा बिकास गर्गु पर्ने वताए । गाउँ नगर पर्यटन पबद्धन गर्न अव पर्यटन व्यावसायी आफै लाग्नु पर्ने उनले थपेका थिए ।

राट्रिष्य पर्यटन व्यवसायी संगठनका अध्यक्ष गोविन्दराज पहारीले हामी पर्यटन व्यवसायी सवै एउटै हौं (डुङ्गा डुवे हामी सबै डुब्छौं ) तेसैले सबै एकजुट हुनुको विकल्प छैन भनी सगठनको सफलताको शुभकामना व्यक्त गरे भने पर्यटन परिषदका पूर्व अध्यक्ष तथा पर्यटन व्यावसायी सोम थापाले पर्यटन क्षेत्रका समस्याहरु समाधानमा राज्य जिम्मेवारी हुनुपर्ने भनाई राख्दै शुभकामना दिए ।

कास्की जिल्ला ईन्चार्ज राजकाजी तमु९करण०ले राजनीतिको आडमा फेवाताल माथिको अतिक्रमण वढेकोले व्यवसायीहरुले पर्यटन क्षेत्रमाथिको अक्रिमणका विरुद्ध समेत आवाज उठाउनुपर्ने भनाई राखे । कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य नवराज दाहाल, पोलिटव्युरो तथा पेशागत जिल्ला ईन्चार्ज विष्णुप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यालय सदस्य गणेश सिँखडा, संगठन विभाग प्रमुख कमल सापकोटा, प्रदेश ईन्चार्ज वोधराज भण्डारी, नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डे, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष त्रिुभवन पौडेल पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन व्यवसायी अग्निप्रसाद कँडेलले पर्यटन उधोग सबै उधोगको पनि उधोग हो त्यसैले नेता तथा नेपाल सरकार र सम्बन्धित निकायलाई घचघचाईरहने हो भने हामी पर्यटन व्यवसायीहरु सधै सफल रहेने भन्दै भेलाका उद्देश्यमाथि चर्चा गर्नु भयो ।
पर्यटन व्यावसायी रामु गौतमले कार्यक्रम संचालन गरेको थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*