December 4, 2021

पोखराको लेकसाइडको खहरे स्थित नमस्ते लजमा पर्यटक मृत अवस्थामा

रोहीत वस्नेत १० असार ः पोखराकोे लेकसाइड स्थित होटल नमस्तेमा फ्रान्सका नागरीक इन्सिक क्रष्टियन मृत अवस्थामा भेटीएका छन् । सोमबार देखि होटलमा बसेका बिहीबार सम्म बाहीर घुमफिर गरेका थिए एकान्त तथा शान्त वातावरणमा एक्लै बस्न रुचाउने र आफै कोठा भित्र खाना पकाई खाने पर्यटक शुक्रबारबाट बाहिर निस्किएका थिएनन् ।

शनिबार कोठाबाट गन्ध आउन थालेपछि शनिवार विहान होटल कर्मचारीले कोठामा हेर्न जाँदा कोठा भित्रबाट बन्द थिएन उनि झुण्डीएको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

पर्यटक आफु बसेको कोठाको झ्यालको डण्डीमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीले अनुसन्धान जारी रहेको कुरो जनाएको छ । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय गण्डकी अस्पतालका राखीएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*