October 24, 2021

प्याराग्लाइडिङ उडान तालिम सिक्दै गरेका विद्यार्थी प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु

तारा बहादुर वि.सी.

२०७४ असार ५  पोखरा लेखनाथ महानगरपालिका ३३ घर भई लेकसाइड स्थित ब्लू स्काई प्याराग्लाइडिङ उडान तालिमका विद्यार्थी प्रभात सुवेदी प्याराग्लाईडिङ सिक्ने क्रममा दुर्घटना हुँदा ज्यान गएको छ ।

प्रभात सुवेदी रेस्क्यू डेभलपमेन्ट ट्रेनिङमा उडान गर्ने क्रममा फेवातालमा खसेका थिए फेवातालमा डुवेका सुबेदीलाई तुरुन्त उद्धारगरी पोखराको श्रृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा लगे पछि उनलाई चिकित्सकले मृत घोषण गरेका थिए ।

उनको शव पश्चिमाञ्चल अस्पतालमा राखिएको छ शव पोष्टमार्टम पछि आफन्तलाई बुझाईने प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*