
रोहीत वस्नेत
२०७४ जेष्ठ २८ पोखराका अग्रज पर्यटन व्यवासायी तथा होटल मोनालिसाका सञ्चालक विमल सेरचनको हृदयघातका कारण आज साँझ निधन भएको छ पोखराको मनिपाल अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागी हेलीकप्टर माफर्त काठमाडौ स्थित ग्राण्डी हस्पिटलमा लगीएका सेरचनलाई हस्पिटलले मृत्यु घोषणा गरेको थियो ।
सेरचन पर्यटन होटल व्यावसायी तथा पोखरामा थकाली खानाको प्रवद्र्धन गर्ने पहिलो व्यक्तिका रुपले चिनिनुका साथै उहाँको ठुलो भूमिका रहेको थियो । उहाँ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही पोखराको पर्यटनमा ठुलो योगदान रहेको बुझिन्छ । उहाँका १ छोरा १ छोरी र १ श्रीमति रहेका छन् ।
Leave a Reply