October 23, 2021

पोखरा पर्यटन परिषदको जम्बोटोली बोर्डर सिटी टुर्सको अभियानमा भारत तर्फ

Photo: Pokhara Tourism News

रोहीत वस्नेत
२०७४ जेष्ठ २७ पर्यटन प्रवद्र्धनको लागी पोखरा पर्यटन परिषदको एक जम्बोटोली बोर्डर सिटी टुर्सको अभियानमा भारत तर्फ लागेको छ ।

नेपालको पूर्वी मेची इलाका कांकडभित्ता पानिट्याङकी पारगरी भारतको सिलगुडि, डुर्वस,ग्याङतोक–सिकीम लगायत उत्तरी पुर्वका ठाउँको भ्रमणका लागी ६ दिने कार्यक्रम लिएर उक्त टोली भारत तर्फ लागेको हो ।

भूकम्प पछि चीनबाट आउने पर्यटकको संख्यामा निकै कमी आएको छ भने, भारतबाट पनि अपेक्षित पर्यटक आएका छैनन् । कुल आउने पर्यटक मध्ये २० देखि २५ प्रतिशत भारतीय पर्यटकलाई नेपालमा आकिर्षत गर्न र उनीहरूको बसाई लम्ब्याउनका लागि प्रवद्र्धनात्मक कार्यक्रम अन्र्तगत सस्तो मूल्यमा बसोवास, खानपान,लगायत पोखराको प्राकृतिक सौदर्यता दृष्य अवलोकन गर्न पाउने पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । काठमाडौ तथा पोखरा आउने धेरै जसो भारतीय पर्यटक सिलगुडी सिटीबाट पानीट्याङकी,काकडभित्ता नाका भएर आउने भएकाले उक्त सिटीहरुमा पर्यटन प्रवद्र्धनको लागी जान लागेका हौं हाम्रो पोखरा र भारतको सिक्कीम सिटी उस्तै उस्तै प्राकृतिक सौदर्यताले भरीएको डिस्टीनेशन भएका कारण तेस्ता सिटीका पर्यटन व्यावसायीहरु सँग पर्यटन साइनो गास्ने उद्देश्यका कारण यो बोर्डर सिटी टुर्स गर्न लागेको उहाँले थप्नुभयो ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत उदय भट्टराई, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली, पोखरा नगर विकास समितिका अध्यक्ष एवं अग्रज पर्यटन व्यवासायी शुन्दरकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थिए ।

पर्यटन व्यवसायी वासुदेव त्रिपाठी,पर्यटन परिषदका पूर्व अध्यक्ष बच्चुराम तिवारी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, (पाटाका) हर्क गुरुङ्ग, (टेसाका) नारायण प्रसाद सुवेदी, पत्रकार लगायतले खादा तथा माला लगाई टोलीलाई विदाई गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*