September 23, 2021

फिर्के—बुलौंदीखोला सफाई अभियान देखि पोखरा उपत्यका बृहत सफाई अभियानको आज एक बर्ष फोटो प्रदर्शनी ।

रोहीत वस्नेत
२०७४ जेष्ठ २२ “हप्तामा एक घण्टा, राष्ट्रका लागी स्यवंसेवा’’ भन्ने मूल नारा बोकी पर्यटनको राजधानी पोखराको फिर्के—बुलौंदीखोला सफाई अभियानबाट सुरु भएको पोखरा उपत्यका बृहत सफाई अभियानले आज एक वर्ष पुरा गरेको उपलक्ष्यमा सम्पन्न सफाई अभियानका फोटो प्रदर्शनी एक समारोहका विच प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मेयर मान बहादुर जि.सी.ले उद्घाटन गरे ।

पोखरालाई माया गर्ने सचेत नागरीकका हैसियतले आफ्नो क्षमता अनुसार अब त केही गर्नुपर्छ भन्ने अठोट गर्दै फेवाताल संरक्षणका लागी नागरीक समाजको अगुवाईमा फिर्के—बुलौंदीखोला सफाई अभियान संचालन भएको आज एक बर्ष पुराभएको छ ।

बाग्मती सफाई महाअभियानका मुख्य अभियन्ता एव्म पूर्व मुख्य सचिव लिलामणि पौड्याल र उहाँको टोलीको प्रेरणाको कारण २०७३ जेठ २२ गतेका दिन फिर्के—बलौंदीखोला वृहत सफाई अभियानको शुभारम्भ भएको थियो । चार वटै सुरक्षा निकाय, विभिन्न संघ सस्था, विधालय, टोल विकास संस्था, आमा समुह, बिभिन्न समाजिक संघ सस्था,पोखरेली बासी आमावुवा, दाजुभाई, दिदीबहिनी, पत्रकारहरु लगायत वित्तीय संस्थाको रुपमा स्थापित मुक्तिनाथ विकास बैंकको सक्रिय उपस्थिति सहित सहयोग प्राप्त भएको थियो भने आज सम्म पनि जारी नै रहेको छ । फिर्के—बलौंदीखोला वृहत सफाई अभियान १८औं हप्तामा फेवाताल किनार पुगेपछि पोखरा लेखनाथ महानगरपालिकाका सबै वडामा सफाई गर्ने गरी १९औं हप्ताबाट पोखरा उपत्याका वृहत सफाई अभियानमा रुपान्तरित भएका थियो ।

सरसफाई अभियानमा फिर्के—बलौंदीखोला सफाई अभियान १८औं हप्तासम्म झण्डै ६३ हजारको सहभागितामा करिव ५४० सामाजिक संघ सस्था र बिधालयको सहभागिता करिव ५६३ मेट्रिक टन फोहर संकलन तथा पोखरा उपत्यका बृहत सफार्ई अभियानमा करिव १७ हजार पाँचसय जनाको सहभागिता ८७५ सामाजिक संघसंस्था र विधालयको ऐक्यवद्धता नगर तथा ग्रामिण क्षेत्रबाट ४६५ टन फोहरमैला संकलन भएको कुरा पोखरा उपत्यका बृहत सफाई अभियानका अगुवाहरुले बताए ।

पोखराका बिभिन्न संघ,संस्था,बिधार्थी,आमासमुह लगायत पोखरेलीहरुको ठुलो सहभातिता भएको उक्त फोटोे प्रदर्शनी कार्यक्रममा सुनिल पाण्डे, कृष्ण मणि बराल लगायत फोटो कर्मीहरुलाई सम्मान गरीएको थियो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा नगर विकास समितिका अध्यक्ष एवं अग्रज पर्यटन व्यवासायी शुन्दरकुमार श्रेष्ठले सरसफाई अभियानमा पोखरेलीले ठुलो भूमिका खेलेको बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*