May 12, 2021

६७ औं अन्नपूर्ण हिमाल आरोहण दिवश—२०७४ (ग्रामिण घरवास कार्यक्रम)

रोहीत वस्नेत
२०७४ जेष्ठ २० पर्यटकीय नगरी पोखरालाई विश्व पर्यटन बजारमा परिचित गराउन तथा पर्यटकीय गन्तब्यहरुको मौलिकपन जिवीत राख्न र यहाँको पर्याबरण संरक्षण गर्न जुन ३ तारीकलाई प्रत्येक बर्ष ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले अन्नपूर्ण हिमाल आरोहण दिवसका रुपमा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण हिमालका काखमा अवस्थित एक पर्यटकीय गाउँको प्रवद्र्धन गर्दै आइरहेको संघका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

फोटो साभार फेसबुक संजाल

अन्नपूर्ण आरोहण दिवसको अवसरमा सधै जस्तो यो पालि पनि (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको एक जम्बोटोली मोहोरीया प्रवद्र्धनलाई केन्द्रित गरी अन्नपूर्ण गाउँपालिका — ८ दाङसिङ, मोहोरीया गाउँ पुगेको थियो । त्यहाँ स्थित दाङसिङ मोहोरीयाका आमा समूह तथा युवाहरुले वाजागाजा र नाचगानका साथ उक्त टोलीलाई स्वागत गरेका थिए ।

विश्को सबैभन्दा अग्लो चुचुरो सगरमाथा भन्दा अन्नपूर्ण प्रथम हिमालको उचाई कम भएपनि आरोहणका दृष्टीले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलता त्यती ख्यातीप्राप्त गर्न नसके पनि यो हिमाल विश्वमा सबैभन्दा जेठो मानिन्छ ।
अन्नपुर्ण हिमाल र यस आसपासको सात हजार छसय उन्तीस बर्ग किलोमिटरलाई अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले संरक्षण गरेको छ । जसमा लमजुङ जिल्लाका ८ गाविस कास्की जिल्लाका १७ गाविस म्यादी जिल्लाका ३ गा.वि.स लगायत मनाङ र मुस्ताङ जिल्ला पर्दछन् । जसमा सिक्लेस,भुजुङ,ल्वाङ,घान्द्रुक, मनाङ पीथत इलाका कार्यालय र जोमसोम, लोमान्थाङमा पनि यो आरोहण दिवस विभिन्न कार्याक्रमका साथ मनाइयो ।

यो आरोहणको कार्यक्रम सँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ठ आर्कषण वन्नुका साथै पर्यटन क्षेत्रमा यो दिवसको महत्वपूर्ण भूमिका रही नेपालको पर्यटन विकासमा समेत टेवा पुगेको पाईन्छ ।

फोटो साभार फेसबुक संजाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*