May 16, 2021

रिर्सोट र फार्म हाउस संचालनमा नेपाल पर्यटन बोर्डका पूर्व सिईओ सुबास निरौला

मोरङ जेष्ठ ११,नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुबास निरौलालाई यतिखेर कृषि तथा पशुपालनको कामले भ्याइ नभ्याई छ । मोरङको चर्को गर्मीमा एक व्यस्त किसान झै उहाँको दैनिकी बित्ने गरेको छ ।

गाई, कुखुरा, हाँस पालन तथा ताजा तरकारी खेतीमा समेत संलग्न निरौलाको दैनिकीले यतिखेर सामान्य नेपालीलाई समेत ध्यानाकर्षण गराइरहेको छ । कृषि र पशुपालनसँगै निरौलाले सिसौली फार्म रिर्सोट समेत सुरु गर्नु भएको छ । पर्यटन बोर्डबाट हटाइएपछि राजधानीका थोरै मात्र सार्वजनिक कार्यक्रममा देखिएका निरौलाले आफनो बढि जसो समय गाउँलाई नै दिन थाल्नु भएको छ ।

हक्की र आत्मविश्वासी निरौलाले सामाजिक सञ्जालमा आफना दैनिकीलाई निरन्तर अपडेट गर्दै कृषि र पर्यटन कर्म बाटै आर्थिक उन्नती हुन्छ भन्ने आत्मविश्वास रहकोले खुसी साथ कृषि तथा फार्म हाउसमा रमाएको बताउनु भयो । मोरङ जिल्ला उर्लाबारी नगरपालिका ४ सिसौलीमा निरौलाले सिसौली कृषि तथा पशुपालन फार्म र सिसौली फार्म रिर्सोट संचालनमा ल्याउनु भएको हो । उच्च सरकारी पदमा पुगेपछि नेपालमा खेतीपाती तथा व्यवसायमा नरमाउने समाजमा निरौलाको कामले प्रौढलाई उत्साह र युवाहरुमा हौसला भर्ने काम गरेको छ । उहाँकै फेसवुकबाट लिइएका केही तस्विरहरु

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*