May 6, 2021

​गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु, कुण्डमा स्नान गरे पुण्य प्राप्त हुने विश्वास

रसुवा। गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी भक्तजन स्नान तथा पूजापाठका लागि आगमन सुरु भइसकेको र यस वर्षको गङ्गा दशहरा पर्व यही जेठ १२ देखि सुरु भई २१ गतेसम्म चल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

 भगवान् शङ्कर गोसाइँबाबा विराजमान रहेको पवित्र कुण्डमा डुबुल्की मारेपछि शारीरिक रोग हट्ने, अन्जानमा गरेका सबै पाप हट्ने र मागेका वर पूरा हुने मान्यता रहिआएको छ ।  गोसाइँकुण्ड जानका लागि धुन्चेसम्म मोटर र त्यसपछि डेढ दिनको पदैल यात्राबाट पुग्न सकिन्छ ।

भूकम्पपछि बाह्रै महिना कुण्ड जाने भक्तजनको दैनिक २०÷२५ जना ओहोरदोहोर भइरहेको चन्दनपारिका होटल व्यवसायी सुब्बा लामाले जानकारी दिए।  समुद्री सतहबाट १४ हजार १०० फिटको उचाइमा अवस्थित पौराणिक धार्मिक कुण्डमा सात अथवा तीन र नसके एकपटक डुबुल्की मार्ने चलन रहिआएको र स्नानपश्चात् पूजाआजापछि मनको चिन्ता हटी नयाँ सोचविचार आउने पुरोहित ढकालले बताए । स्रोत न्यूज सेवा डटकम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*