September 26, 2021

अन्नपूर्ण पदयात्रा अव सात दिनमा टुङ्गिने ।

५ जेष्ठ २०७४
रोहीत वस्नेत
अन्नपुर्ण पदयात्रामा आउने पर्यटकहरु अव सात दिन (एक हप्ता) भित्रमा आफ्नो गन्तब्य पुरा गर्न सक्नेछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार लमजुङको सदरमुकाम बेशीसहर अन्नपूर्ण पदयात्राको प्रवेश द्धारको रुपमा चिनिन्छ । वेशीसहर वाट शुरु भएको यात्रा खुदी, भुलभूले, डाँटी, स्याँगे जगत, मनाङको ताल, बगरेछाप, चामे, याकखर्क, थोराङफेदी, हाईक्याम्प हुँदै (पाँच हजार चार सय सोह्र ५४१६ मिटर) थोराङ पास गरेपछि मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, लेते, घासा, दाना, तातोपानि वेनी अथवा घोरेपानि (पुनहिल) घान्द्रुक तथा नयापुलवाट पोखरा पुगेर टुङ्गिन्छ ।

पदयात्राको शौखिनको लागी जीवनको प्रतिष्ठा समेत बन्ने गरेको थोराङपास पार गर्दा आन्तरीक तथा बाह्य पर्यटकहरु आफुलाई भाग्यशालि ठान्छन् । लमजुङको वेशीसहर देखि मनाङको चामे सम्म र पोखरा देखि म्यादीको वेनीहुदै मुक्तिनाथ सम्म मोटरवाटो पुगेपछि अन्नपूर्ण पदयात्रा (एक हप्ता) ७ दिन भित्रमा टुङ्गिने कुरा मुक्तिनाथका पर्यटन ब्यवसायी राम लामाले बताए यसरी एक हप्तामै पदयात्रा गर्दा एकैचोटी तलबाट माथी पुग्दा हाईलाग्ने सम्भावना बढी हुनेभएकाले श्वास्थ्यमा असर पर्ने उनको अर्को भनाई थियो ।
मोटरबाटो सँगै सुविधा बढेपछि मुक्तिनाथ दर्शनका लागी आन्तरीक तथा भारतीय पर्यटकको संख्या पहिलेको तुलनामा ४ गुना बृद्धि भएको ब्यावसायीहरुको भनाई थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*